गण्डकी प्रदेश

गण्डकी प्रदेशका न्यायाधिवक्ता घिमिरेद्वारा राजीनामा

rajinama

३० जेठ, काठमाडौं । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । गण्डकीमा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार परिवर्तन भएपछि घिमिरेले राजीनामा दिएका हुन् ।

एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि विपक्षी गठबन्धनका तर्फबाट काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त भएका थिए ।

​मुख्य न्यायाधिवक्ता सरकारको सल्लाहकार हुने भएकाले सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुने गर्दछ । घिमिरेले तीन वर्ष गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ता बनेर आफ्नो जिम्मेवारी निर्वाह गरेका हुन् ।

लमजुङ घर भएका घिमिरेलाई पृथ्वी सुब्बा गुरुङले आपूm मुख्यमन्त्री बनेपछि नियुक्त गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस