समाचार

श्रीमतीलाई एसिड प्रहार गर्ने श्रीमान पक्राउ

acid attack

३० जेठ, रौतहट । श्रीमतीलाई एसिड प्रहार गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । ३८ वर्षीया श्रीमतीलाई एसिड प्रहार गरेको आरोपमा चन्द्रपुर नगरपालिका–४ चपुर चोक बस्ने ४२ वर्षीय दिपक विकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुबीच घरायसी झै–झगडा हुँदा आफ्नै श्रीमतीलाई सुन पखाल्न प्रयोग हुने एसिड प्रहार गरेको खुलेको छ । घाइते ती महिलाको चपुरस्थित एपोलो सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी लिलाराज लामिछानेले एसिड प्रहार गर्ने दिपकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस