
३० जेठ, काठमाडौं । कोरोन सङ्क्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सरकारसँग माग गरेको छ । खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने सङ्घले जनाएको छ ।
सङ्घले आज नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने जनाएको हो ।
सङ्घले दोस्रो लहरको सङ्क्रमणका कारण ट्याङ्कर चालक, सहचालक तथा पम्पका कर्मचारी तथा तिनका परिवारका सदस्यको निधन समेत भएको जनाउँदै थप जोखिम मोलेर पेट्रोलियम पदार्थकोे ढुवानी नगर्ने बताएका हुन् ।
उनीहरुले पत्रमार्फत छिटोभन्दा छिटो खोपको प्रबन्ध मिलाउन समेत निगमलाई माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस