मुख्य समाचार

हट्यो एकमुष्ट सेयर खरिद आदेश ‘एओएन’ को व्यवस्था

nepse

३० जेठ, काठमाडौं । एकमुष्ट रुपमा सेयर खरिद आदेशको व्यवस्था (अल अर नन) हटाइएको छ । नेपाल धितोपत्र बोर्डले नेप्सेलाई पत्र पठाएसँगै आजैदेखि कार्यान्वयन हुनेगरी यो व्यवस्था हटाइएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

खरिद अर्डरमा एओएनको व्यवस्था हटेसँगै ठूलो मात्राको सेयर खरिदका लागि धेरै पटक कारोबार हुनेछ । ‘एओएन’को व्यवस्थाले चलखेल भएका कारण यो व्यवस्था हटाइनु उपयुक्त भएको बताउँछन्  लगानीकर्ता पिताम्बर शर्मा खरेल । यसबाट साना लगानीकर्ता फस्ने संभावना नहुने उनले बताए ।

‘एओएन छनौट गरेर १ लाख कित्ता खरिद गर्नका लागि आदेश पोष्ट हुन्थ्यो, भने एकै पटक १ लाख कित्ता बेच्ने त हुँदैनथे, यस्तोमा साना लगानीकर्ताले मार्केट डेप्थ हेर्दा एउटै व्यक्तिले १ लाख किन्न खोजेपछि कम्पनीमा ठूला लगानीकर्ता आएको भनी झुक्किन्थे र ती साना लगानीकर्ताले झन् धेरै मूल्य तिरेर खरिद गर्थे, तर त्यस्ता ठूला अर्डर झुटो हुन्थे, एकैपटक १ लाख कित्ता बेच्ने हुँदैनन् भन्ने जानेरै झुक्याउनका लागि त्यसरी अर्डर पोष्ट हुन्थ्यो’ खरेलले भने ।

खरिदका लागि १ लाखको आदेश हाल्ने त्यसपछि मूल्य बढाउँदै लगेर आफैले साना लगानीकर्तालाई बेच्ने प्रबृत्ति रहँदै आएकोमा अब एओएन हटेसँगै मार्केट डेप्थ धेरै हदसम्म सही हुने उनले बताए । तर सेयर बिक्री आदेशतर्फ भने यो व्यवस्था यथावत छ ।

सेयर बिक्री गर्दा आफ्नो डिम्याट खातामा सेयर संख्या भए मात्रै आदेश पोष्ट गर्न मिल्ने व्यवस्था छ । त्यसकारण खरिदतर्फको एओएन व्यवस्था नहटेपनि अब धेरै हदसम्म ‘मार्केट डेप्थ’को जालझेल हट्ने खरेलले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस