मुख्य समाचार

यस्तो छ काठमाडौं महानगरमा ६०–६१ वर्षका व्यक्तिले खोप लगाउने तालिका

corona vaccine

३० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा रोकिएको कोरोनाविरुद्धको खोप कार्यक्रम सोमबार (भोलि)देखि लगाइने भएको छ ।

काठमाडौं महानगर जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार भोलि सोमबार र मंगलबार ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिलाई भेरोसेल खोपको पहिलो डोज लगाइनेछ ।

यसअघि, काठमाडौं महानगरका ३२ वटै वडा कार्यालयमा खोप कार्यक्रम गरिएको थियो । तर, सरकारले पर्याप्त खोप उपलब्ध गराउन नसक्दा जेठ २८ गते खोप लगाउने कार्यक्रम स्थगित गरिएको थियो ।

यसअघि खोप नपुगेर छुटेका ६० र ६१ वर्ष उमेर समूहलाई अस्पतालमा खोप लगाउने गरी खोप केन्द्र तोकिएको छ ।

vaccine notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस