३० जेठ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ३ हजार नजिक पुगेको छ । परिसूचक ३८ अंकले बढेर २९८३ मा कायम भएको छ । यो अंक अहिलेसम्मकै उच्च हो । परिसूचक मात्र नभई, यस दिन कारोबार रकममा पनि नयाँ रेकर्ड बनेको छ । कुल १९ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
विकास बैंक, फाइनान्स कम्पनी र जलविद्युत कम्पनीका लगानीकर्ताले यस दिन धेरै मूल्य कमाएका छन् । समूहगत रुपमा हेर्दा बैंकिङ ८, होटल तथा पर्यटन १६७, विकास बैंक ३८८, जलविद्युत १८६, फाइनान्स १७३ र उत्पादन ६० अंकले बढेका छन् ।
ब्यापार ४३, निर्जीवन बीमा २२, अन्य ८, माइक्रोफाइनान्स १७ र जीवन बीमा समूह १४७ अंकले घटेका छन् । आज ३ दर्जनभन्दा धेरै कम्पनीको मूल्य १० प्रतिशत हाराहारी बढेको छ । श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, आइसिएफसी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंकको मूल्य १० प्रतिशतले बढेका छन् ।
त्यस्तै मितेरी डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, हिमालय पावर पार्टनर, पन्चकन्या माइ हाइड्रो, घलेम्दी हाइड्रो, नेसनल हाइड्रो, सिइडिबी हाइड्रो, माउन्टेन इनर्जी, लुम्बिनी विकास, एक्सल डेभलपमेन्ट, जोशी हाइड्रो, गुहेश्वरी मर्चेन्ट, प्रोग्रेसिभ फाइनान्स, सोल्टी होटल, ओरेन्टल होटल, शिवश्री हाइड्रो, जलविद्युत लगानी तथा विकास कम्पनी, जानाकी फाइनान्स, ङादी ग्रुप, युनियन हाइड्रो, दिव्यश्वरी हाइड्रोको मूल्य ९.८ प्रतिशतभन्दा धेरैले बढेका छन् ।