समाचार

मकवानपुरमा पुनः एक साता लम्बियो निषेधाज्ञा

makwanpur ji pa kaa

३० जेठ, मकवानपुर । मकवानपुरमा पुनः एक साता निषेधाज्ञा थपिएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरमा थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

उक्त निर्णयअनुसार आगामी असार ६ गतेसम्म निषेधाज्ञा जारी भएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि संकट व्यवस्थापन केन्द्र मकवानपुरले गत बैशाख १९ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । कोरोना संक्रमणको उच्च दरलाई नियन्त्रणका लागि संकट व्यवस्थापन केन्द्र मकवानपुरले जारी गरेको निषेधाज्ञालाई आजको बैठकले केही खुकुलो बनाउने निर्णय गरेको छ ।

बैठकको निर्णयअनुसार अत्यावश्यक खाद्यान्न, तरकारी, माछा मासु पसलहरु बिहान ४ बजेदेखि १० बजेसम्म खुल्ने छन् । बैठकले बैंक तथा वित्तिय संस्थाहरुलाई नियमित रुपमा दैनिक बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म कारोवार सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *