समाचार

कटुवा पेस्तोलसहित पक्राउ

Ganesh Singh

३० जेठ, सिराहा । सिराहाको दक्षिणवर्ती महेशपुर पतारबाट खटिएको प्रहरीले आइतबार बिहान कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा कटुवा पेस्तोल र त्यसमा लाग्ने एक गोलीसहित करिब ४७ वर्षीय गणेशकुमार सिंहलाई पक्राउ गरेको हो ।

जिल्लाको सुखीपुर नगरपालिका– ७ बलहीस्थित सिंहको घर खानतलासी गर्दा पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ । सिंहलाई महेशपुर पतार प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी सिरहाका प्रहरी प्रवक्ता डिएसपी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस