समाचार

पाल्पामा टिपर दुर्घटना : एकको मृत्यु, ४ जना सख्त घाइते

bus accident

३० जेठ, पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका –२ लघुवामा टिपर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । लघुवा स्थित गुल्मी–पाल्पा सडक खण्डमा टिपरहरु एक आपसमा ठोकिँदा दुर्घटना भएका हुन् ।

बुटवलदेखी गुल्मीतर्फ सिमेन्ट बोकी जाँदै गरेको बा ४ ख ७३२० नम्वरको टिपरले सोही दिशातर्फ जादै गरेको प्रदेश ३–००१ क ०२५० नम्वरको टिपरलाई ठक्कर दिदा दुवै टिपर अनियन्त्रित भई सडक देखि २ सय २० मिटर तल खस्न पुगेका थिए । दुर्घटनामा परी मृत्यु हुनेमा प्रदेश ३–००१ क ०२५० नम्वरको टिपर सह–चालक रुरु गाउँपालिका– २ गुल्मीका ४५ वर्षीय टंकबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको युनाइटेड मिसन अस्पतालमा उपचारका लागि लगिएकोमा डाक्टरहरुले मृत घोषणा गरेका हुन् ।

यसैगरी घाइतेहरु सोही गाउँकै टिपर चालक ३८ वर्षीय अशोक कुँवर, ४२ वर्षीय रमा कुँवर, ललितपुरका २६ वर्षीय टिपर चालक राजेन्द्र बजगाई, नवलपरासी सुनवल–९, का २२ वर्षीय किसन कुँवर रहेको प्रहरीले जनाएको छ । घाइते चार जनाकै अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए । दुर्घटनामा घाइते भएका सबैलाई पाल्पा तानसेनको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस