समाचार

उपत्यकामा मास्क लगाएर हिँडडुल गर्न पाइने, तरकारी र खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्ने

kalimati tarkari bazar

३० जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा असार १ गतेबाट मास्क लगाएर हिँडडुल गर्न पाइने भएको छ । यसबाहेक ९ बजेसम्म खुल्दै आएका खाद्यान्न र तरकारी पसललाई ११ बजेसम्म खोल्न दिइने छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीचको बैठकमा यस्तो सहमति भएको हो ।

गत वैैशाख १६ गतेबाट जारी निषेधाज्ञा जेठ ३१ गते सकिँदैछ । फेरि उपत्यकामा निषेधाज्ञा थप्ने तयारी गरिएको छ । यसबारे आजै विज्ञप्तिमार्फत सार्वजनिक गर्ने तयारी छ । निषेधाज्ञा खुकुलो बनाउने चर्चा चलेपनि खासै खुकुलो नभएको एक उच्च सुरक्षा अधिकारीले जानकारी दिए । उनले भने,“अहिल्यै त्यति खासै खुकुलो हुँदैन । पासबाहेकका निजी गाडीहरूपनि चल्दैनन् । विस्तृत कुरा प्रशासनले सार्वजनिक गर्ला ।”

प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक सातादेखि १० दिनसम्म निषेधाज्ञा बढाउनसक्ने निर्णय गर्ने बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *