विश्व/प्रवास

पाकिस्तानमा नेपालसहित २६ देशबाट भ्रमण गर्न प्रतिबन्ध

pakistan

३० जेठ, काठमाडौं । पाकिस्तानमा २६ देशबाट भ्रमणका लागि आउन प्रतिबन्ध लगाइएको छ । कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आशंकाका कारण ती देशहरुबाट पाकिस्तान आउन प्रतिबन्ध लगाइएको हो ।

नेसनल कमान्ड एन्ड अपरेसन सेन्टर (एनसीओसी)ले अहिले बाहिरी देशहरुबाट मानिसलाई आउन दिनु उपयुक्त नहुने निष्कर्ष निकालेको अधिकारीहरुले जनाएका छन् । पाकिस्तानले महामारीको प्रभावका आधारमा विभिन्न देशहरुलाई ‘ए’, ‘बी’ र ‘सी’ समूहमा वर्गीकरण गरेको छ । वर्गीकरण गरिएका मध्ये ‘सी’ समूहमा परेकाहरुलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको हो ।

अन्य ‘ए’ र ‘बी’ समूहमा परेका देशहरुबाट पाकिस्तान आउन चाहनेहरुलाई भने विभिन्न सर्त तथा मापदण्डहरु तय गरिएको छ । ती मापदण्ड पूरा गरेपछि आउन पाइने वा आएपछि ती मापदण्ड पालना गर्नुपर्ने सरकारी निकायको निर्णय रहेको छ ।

पाकिस्तान प्रवेश प्रतिबन्ध गरिएका देशहरुमा छिमेकी मुलुक भारतसहित इरान, बंगलादेश, भुटान, इन्डोनेसिया, इराक, माल्दिभ्स, नेपाल, श्रीलंका, फिलिपिन्स, अर्जेन्टिना, ब्राजिल, मेक्सिको, दक्षिण अफ्रिका, ट्युनिसिया, बोलिभिया, चिली, कोलम्बिया, कोस्टारिका, डोमिनिक गणतन्त्र, इक्वेडर, नामिबिया, पाराग्वे, पेरु, ट्रिनिडाड र टोवागो सँगसँगै उरुग्वे रहेका छन् ।

ती सबै देशहरुलाई पाकिस्तानले ‘सी’ समूहमा राखेको छ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा एक हजार १९४ जना कोरोनाभाइरसबाट संक्रमित थपिएका छन् भने ५७ जनाको मृत्यु भएको छ । –एएनआई

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस