समाचार

प्रदेश १ मा ३३७ संक्रमित थपिँदा ३०९ संक्रमणमुक्त, १२ जनाको मृत्यु

covid 19 swab test

३० जेठ, काठमाडौं । प्रदेश १ मा आइतबार ३३७ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार जम्मा ९२६ जनाको पीसीआर परीक्षण गरिएकोमा १४५ महिला र १९२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६५ हजार ६७८ पुगेको छ । संक्रमित भएकामध्ये आइतबार ३०९ जना संक्रमणमुक्त भएपछि हालसम्म ४८ हजार ८८० जनाले कोरोना जितेका छन् । प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १५ हजार ७५१ रहेको मन्त्रालयले जनाएको छ ।

आइतबार मोरङमा १०७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४, सोलुखुम्वुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा ५४, सुन्दरहरैचामा २३, उर्लाबारीमा १०, पथरीशनिश्चरेमा ५,रतुवामाई र मिक्लाजुङमा ३–३, लेटाङ, बेलबारी र जहदामा २–२, केराबारी, बुढीगंगा र रंगेलीमा १–१, झापाको विर्तामोडमा २९, शिवसताक्षीमा १७, दमकमा १०, अर्जुनधारामा ९, कनकाईमा ७, हल्दिबारीमा ५, बुद्धशान्ति र कमल गाउँपालिकामा ४–४, मेचीनगर र बाह्रदशीमा ३–३, गौरीगञ्ज, कचनकवल, भद्रपुर र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा २७, दुहवीमा ७, धरानमा ६, रामधुनीमा ३, बराहक्षेत्र र गढीमा २–२, हरिनगर, बर्जु र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पाँचथरको फिदिममा २८, तुम्मेवा, याङवरक, फालेलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको कटारीमा १७, त्रियुगामा ५, बेलका र उदयपुरगढीमा १–१, सोलुखुम्वुको नेचासल्यानमा ८, माप्यदुधकोशीमा ५, संखुवासभाको धर्मदेवी, खाँदबारी र स्थानीय तह नखुलेका ३, इलामको इलाम नगरपालिका, चुलाचुली र फाकफोकथुममा १–१, धनकुटाको शहिदभूमि र भोजपुरको हतुवागढीमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस