गण्डकी प्रदेश

कास्कीमा असार ७ सम्म थपियो निषेधाज्ञा

pokhara valley

३० जेठ, पोखरा । कास्कीमा फेरी पटक ९ दिन निषेधाज्ञा अवधि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् । नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना सुरु भएपछि जिल्लामा गत वैशाख १५ देखि निषेधाज्ञा जारी छ ।

निषेधाज्ञा जेठ ३१ गते राति १२ बजे सकिँदै थियो । आइतबार जारी आदेशमा असार १ देखि लागु हुने गरी दैनिक उपभोग्य खाद्यन्न सामग्री बेच्न पसल, तरकारी, फलफूल, दुध तथा दही, माछा मासु, बिक्री वितरण गर्ने पसल, कृषिजन्य सामग्रीका पसल खोल्न पाइने अवधि ५ देखि १० सम्म खुला राख्न सकिने गरी सेवा यथावत राखिएको छ ।

साथै बैंक तथा वित्तीय संस्थाले अत्यावश्यक सेवाको लागि ५० प्रतिशत कर्मचारीको उपस्थितिमा ५० प्रतिशत शाखाबाट बिहान ११ देखि दिउँसो २ सम्म सेवा दिन सकिनेछ । जसमा निक्षेप ५० हजारभन्दा बढी, चेक भुक्तानी, क्लीअरिङ र विप्रेषण सेवामात्र सञ्चालन हुनेछ । यसबाहेक अन्य सेवामा निषेधाज्ञा यथावत् छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस