मुख्य समाचार

कोरोनाका कारण पूर्वसांसद अधिकारीको निधन

adhikari

३१ जेठ, काठमाडौं । नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ ।

विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायत रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड संक्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो ।

उनको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ–काठमाडौं सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले जानकारी दिए ।

वि.सं. १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मिएका अधिकारी वि.सं. २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए । स्व. अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस