३१ जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गाैतमलाई भेट्न उपप्रधानमन्त्री विष्णु पाैडेल भैँसेपाटीस्थित उनकाे निवास पुगेका छन् । एमालेकाे एकताको विषयलाई लिएर दुई नेताबीच बिहान ९ बजेदेखि छलफल भैरहेकाे छ ।
वामदेवले एमाले एकताका लागि माधवकुमार नेपाल समूहले राखेका मागहरु सम्बाेधन गर्न अध्यक्ष ओली तयार हुनुपर्ने बताउँदै आएका बेला ओली समूहमा रहेका पाैडेल उनलाई भेट्न निवास पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस