
३१ जेठ, काठमाडौं । आइतबार नेपाली बजारमा प्रतितोला ६०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार पुनः ७०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ७०० रुपैयाँले घट्दै ९३ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै, आज तेजाबी सुन समेत ७०० रुपैयाँले नै घट्दै ९२ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदी तर्फ भने गत आइतबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले घट्दै आज एक हजार ३६५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस