समाचार

अबदेखि वर्षायामको तीन महिना सडक खन्न नपाइने

gulmi road

३१ जेठ, काठमाडौं । वर्षायामको तीन महिना सडक खन्न नपाइने भएको छ ।

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदिका लागि सडक खन्दा तत्कालै मर्मत सम्भार गर्न नसकिने र सडक पनि थप बिग्रँदै जान भएकाले असार १ देखि भाद्र मसान्तसम्म सडक खन्न नदिने संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले जनाएको छ ।

कार्यालयले एक सुचना जारी गर्दै सडक डिभिजन मातहत रहेका कुनैपनि सडक खन्न स्वीकृति नदिने र कसैले जर्बजस्ती सडक खनेको पाइएमा कारबाही गरिने बताएको छ । आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने नाममा जथाभावी सडक खनेर काम देखाउने र बजेट खर्च गर्ने परम्परालाई यस्तो नीतिले कम गर्ने देखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *