समाचार

इलाम र कास्कीमा दुईजना मृत अवस्थामा फेला

Death Body

३१ जेठ, काठमाडौं । इलाम र कास्कीमा दुईजना मृत अवस्थामा फेला परेका छन् ।

इलामको रोङ गाउँपालिका–४ बिरिङ खोलास्थित बालुवा निकालेको खाल्टोमा झापा बुद्दशान्ती गाउँपालिका–१ बस्ने २७ वर्षीय रमेश दर्जी मृत अवस्थामा फेला परेका छन् । घरबाट उक्त खोलामा ढुंगा बटुल्न जान्छु भनी हिँडेका उनको उक्त खाल्टोमा शव फेला परेको हो ।

यसैगरी कास्की, पोखरा महानगरपालिका–२७ भगवती हाइड्रोपावर नजिक सोही महानगरपालिका–२६ चण्डी चोक बस्ने म्याग्दी रघुगंगा गाउँपालिका–६ घर भएका ७५ वर्षीय देवीलाल छन्त्याल मृत अवस्थामा फेला परेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस