मनोरञ्जन ताजा समाचार

रहेनन् ‘अजम्बरी नाता’ का छायाँकार प्रधान

ram shankar

३१ जेठ, काठमाडौं । फिल्म छायाँकार रामशंकर प्रधानको निधन भएको छ ।

लामो समयदेखि मृगौला रोगबाट पीडित प्रधानको आइतबार राती वीर अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । ७२ वर्षका प्रधानको मृगौला समस्याका कारण लामो समयदेखि डायलासिस हुँदै आएका थियो ।

‘अजम्बरी नाता’, ‘त्रिनेत्र’, ‘चलचित्र’, ‘फेरि तिम्रो याद आयो’ ‘पर्खी बसेँ, ‘सुन्दर मेरो नाम’, ‘लगनगाँठो’, ‘रगत’ लगायत दर्जनौं नेपाली फिल्म छायाँकन गरेको प्रधानको सोमबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । प्रधानका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *