समाचार

कैलालीमा एक साताका लागि थपियो निषेधाज्ञा

lockdown

३१ जेठ, कैलाली । कैलालीमा जारी निषेधाज्ञाको समयावधि एक साताका लागि थपिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशाशन कार्यालय कैलालीले निषेधाज्ञाको समयावधि असार ७ गते सम्मका लागि थप गरेको हो ।

तत्काल निषेधाज्ञा खोल्न उचित नहुने भन्दै निषेधाज्ञालाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । निषेधाज्ञा अवधिभर बिहान ६ देखि ११ बजेसम्म खाध्यान्न, तरकारी, दुग्ध डेरी मासु पसल, किराना पसल, डिपार्टमेन्टले स्टोर खोल्न पाउने जनाइएको छ । त्यस्तै बैंकका सेवाहरु बिहान ८ देखि १२ बजेसम्म सञ्चालन हुने प्रशासनले जानकारी दिएको छ ।

त्यसैगरी बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म वर्कशप पनि खोल्न पाइने भएको छ । वर्कशपमा बढीमा ३ जना कामदार राखेर काम गर्न पाइने जनाइएको छ । त्यस्तै बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म होटल तथा रेष्टुरेन्टले पनि होम डेलिभरी गर्न पाइने जोशीले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस