मुख्य समाचार

काठमाडौंबाट नक्कली डिएसपी पक्राउ

sk dhungana

३१ जेठ, काठमाडौं । काठमाडौंबाट नक्कली प्रहरी नायब उपरीक्षक (डिएसपी) पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाले सोमबार नक्कली डिएसपीलाई पक्राउ गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले जानकारी दिए । तार्केश्वर नगरपालिका वडा नम्बर ६ जरङ्गूस्थित भिक्टोरिया फार्मेसी सञ्चालन गर्ने ४४ वर्षीय कृष्णप्रसाद ढुंगानालाई पक्राउ गरिएको हो ।

ढुंगानाले सामाजिक सञ्जाल फेसबुक प्रोफाइलमा नेपाल प्रहरीको डीएसपीको युनिफर्म लगाएको फोटो राखेका छन् । सशस्त्र प्रहरीका कर्मचारीलाई नेपाल प्रहरी र नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्रको ‘डिएसपी हुँ’ भन्दै हिँड्ने ढुंगानाले आफु प्राविधिक प्रहरी कर्मचारी ‘डाक्टर हुँ’ भन्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

sk dhungana

प्रहरीले उनकाे साथबाट नेपाल प्रहरीका विभिन्न पदका पोशाक लगाएका तस्वीर तीन वटा, डिएसपीको पोशाक एउटा, एक जोर नेपाल प्रहरीको जर्सी र मोबाइल बरामद गरेको छ । ढुंगानाविरुद्ध ठगी उद्योग र आफुले नपाएको ओहोदा पाएको भन्न नमिल्ने कसुरमा अनुसन्धान भइरहेको एसपी कोइरालाले बताए । उनीबाट कोही ठगीएको भएमा प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह समेत गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *