समाचार

बाढीले बगाउँदा बालक बेपत्ता

missing in river

३१ जेठ, बाजुरा । जिल्लाको त्रिवेणी नगरपालिकामा अविरल वर्षासँगै खोलामा आएको बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सोही नगरपालिका–५ किम्नीका स्थानीय घुरे बुढाका १३ वर्षीय छोरा कमल बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । उनले दिएको जानकारी अनुसार गाउँ नजिकै रहेको किम्नी खोलामा आएको बाढीले सोमबार बिहान बालकलाई बगाएको हो । बेपत्ता भएका बालकको खोजी कार्य भइरहेको छ ।

सोमबार बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३६ वर्षीया मोतीकला पनि बेपत्ता रहेकी छन् । गाउँ नजिकै रहेको बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा सङ्कलन गर्ने क्रममा बाढीले बगाएको स्थानीय धनबहादुर बोहराले बताए । आइतबारबाट आएको अविरल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँहरुमा क्षति पुर्याएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस