विश्व/प्रवास

भारतमा पछिल्लो २४ घण्टामा ७६ दिन पछिको सबैभन्दा कम संक्रमित भेटिए

covid19 india

१ असार, काठमाडौं । भारतमा सोमबार कोरोनाका ५९,९५८ संक्रमितको पहिचान भएको छ ।

यो आँकडा पछिल्लो ७६ दिनको सबैभन्दा कम हो । यसअघि ३० अप्रिलमा ५३,२३७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । यद्यपि, कोरोनाका कारण हुने मृत्युले अहिले पनि चिन्ता बढाइरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा २,७३२ संक्रमितले ज्यान गुमाएका छन् । यस्तै, १ लाख १७ हजार २३२ लाख बिरामी निको भएका छन् । यसरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा ६०,०५६ को कमी भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *