
१ असार, काठमाडौं । जीवन विकास लघुवित्तले १९ लाख ७७ हजार ३०० कित्ता शेयर निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । संस्थाले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।
आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ । संस्थाले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी(आइआर बीबीबी (त्रिपल बी) रेटिङ्ग प्रदान गरेको छ ।
यसले समयमा नै दायित्व पुरा गर्न सकिने औषत जोखिम रहेको जनाउँछ । जीवन विकास लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस