संगीत

हेमन्त शर्माको ‘ए मेरो असफल मायालु’ (भिडियो सहित)

hemanta sharma

१ असार, काठमाडौं । गायक हेमन्त शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘ए मेरो असफल मायालु’ बोलको गीत उनले युट्युबमार्फत सार्वजनिक गरेका हुन् । गीतमा शब्द, संगीत तथा स्वर हेमन्तको छ ।

उनलाई लेडिज भोकलमा एलिना चौहानले साथ दिएकी छिन् । विभिन्न कारणले छुटेको प्रेम सम्बन्धमा नोस्टाल्जिक भएको कथा गीतले भन्छ । गीतको भिडियो पनि सार्वजनिक गरिएको छ ।

भिडियोमा गायक/गायिका स्वयंलाई अभिनय गरेको देख्न सकिन्छ । बुद्ध थापाले खिचेको भिडियो सम्पादन विकास धमलाले गरेका छन् । निर्देशन निकेश खड्काले गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *