कर्णाली प्रदेश

पहिराले कर्णाली राजमार्ग अवरुद्ध

Pahiro

१ असार, सुर्खेत । लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

सुर्खेत–जुम्ला सडकका  ठाउँठाउँमा पहिरो खस्दा राजमार्ग  अवरुद्ध भएको हो । दैलेखको किटु, कालिकोटको गगनेखोला, हुल्म, सुनार खोला, पिली सेराबाड़ा, खल्लागाड र भिग्ममा पहिरो खसेको जनाइएको छ ।

आज पहिरो पन्छाए  पनि वर्षा नरोकिएकोले पुनः अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए । “राजमार्ग अवरुद्ध हुँदा कालिकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेर आएका गाडी बाटोमा रोकिएका छन् ।”

उनले भने, “वर्षा नरोकिएका कारणले पहिरो पन्छाए पनि पुनः पहिरो आउँदा राजमार्ग खुलाउन समस्या भएको छ ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस