
१ असार, काठमाडौं । पम्पमा काम गर्ने मजदुरलाई खोपको व्यवस्था नभए तेल खरिद नगर्ने व्यवसायीहरूले चेतावनी दिएका छन् । कोरोना महामारीमा जोखिम मोलेर काम गर्नु पर्ने भन्दै व्यवसायी र मजदुरले खोपको व्यवस्था नभए तेल खरिद नगर्ने चेतावनी दिएका हुन् ।
आयल निगमले एक पक्षीय निर्णय गरेर ट्यांकर चालकलाई मात्र खोप दिन लागेको भन्दै पम्प व्यवसायीहरूले पनि तेल खरिद नगर्ने भएको बागमती पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष अचुत खड्काले बताए । ‘निगमले ट्यांकर चालकलाई मात्रै खोप दिन लागेको छ । पम्पमा काम गर्ने मजदुरलाई पनि खोप चाहिन्छ,’ उनले भने ।
उनका अनुसार बुधबारदेखि नै पम्पहरूले तेल खरिद नगर्ने निर्णय भएको छ । खोपको व्यवस्था नभएको भन्दै ट्यांकर चालकले आइबारदेखि इन्धन ढुवानी रोकेका थिए । तीन दिनदेखि पम्पमा तेल आपूर्ति नहुँदा मौज्दात सकिँदै गएको खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस