मुख्य समाचार

भारतमा कोरोना भ्याक्सिनका कारण एक वृद्धको मृत्यु

covid 19 india dead body

१ असार, काठमाडौं । भारतमा कोरोना भ्याक्सिन लगाएपछि पहिलो मृत्युको पुष्टि भएको छ । भ्याक्सिनका कारण ६४ वर्षका एक वृद्धको मृत्यु भएको हो । यो कुरा भारतको केन्द्र सरकारको तर्फबाट गठित प्यानलको रिपोर्टमा सार्वजनिक भएको छ । इन्डिया टुडेले आफू्सँग यसबारे रिपोर्ट सुरक्षित भएको बताएको छ ।

भ्याक्सिन लगाएपछि कसैमा गम्भीर लक्षण देखिनु वा मृत्यु हुनुलाई वैज्ञानिक भाषामा एडभर्स इभेन्ट फलोइङ इम्यूनाइजेशन (एईएफआई) भनिन्छ । एईएफआईका लागि केन्द्र सरकारले एउटा कमिटी गठन गरेको छ । यो कमिटीले भ्याक्सिन लगाएपछि भएको ३१ जनाको मृत्युमाथि अनुसन्धान गरेपछि ६८ वर्षका एक वृद्धको मृत्यु भ्याक्सिन लगाएपछि एनाफिलेक्सीसका कारण भएको पुष्टि गरेको छ ।

‘मृत्युको कारणबारे अनुसन्धान गर्दा भ्याक्सिनका कारण भएको यो पहिलो मृत्यु भएको हामीले थाहा पाएका छौं । ती व्यक्तिको भ्याक्सिन लगाएपछि एनाफिलेक्सीस भएको थियो जसका कारण उनको मृत्यु नै भयो,’ एईएफआईका अध्यक्ष डा. एनके अरोराले भने ।

एनाफिलेक्सीस एक प्रकारको एलर्जिक रियाक्सन हो । ती वृद्धको सन् २०२१ मा मार्च ८ मा भ्याक्सिनको पहिलो डोज दिइएको थियो र केही दिनपछि नै उनको मृत्यु भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *