सेयर मार्केट

सेयर बजारमा सामान्य गिरावट, १६ अर्ब बढीको कारोबार

stock market

१ असार, काठमाडौं । मंगलबार सेयर बजारमा १६ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ ।

कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो । हिजो १८ अर्ब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यस दिन बजारको परिसूचक नेप्से भने ३.७२ अंकले घटेको छ । सो अंकको सुधारसँगै परिसूचक ३ हजार २२ अंकमा कायम भएको छ ।

बैंकिङ ६, ब्यापार ११, विकास बैंक २२२, जलविद्युत ९०, फाइनान्स ८६, निर्जीवन बीमा १, माइक्रोफाइनान्स ३९ र जीवन बीमा १० अंकले घटेका छन् । होटल तथा पर्यटन ५८, उत्पादन ७२, अन्य ९० र लगानी समूह २ अंकले बढेका छन् ।

यस दिन  सिइडिबी हाइड्रोपावर, खानीखोला र युनियन हाइड्रोपावरको मूल्य मूल्य १० प्रतिशतको हाराहारीमा बढेका छन् भने ओरेन्टल होटल र जलविद्युत लगानी तथा विकास कम्पनीको मूल्य ५.८ प्रतिशतले बढेका छन् ।

यस्तै, छ्याङ्दी हाइड्रोपावर ७.६ तथा लिबर्टी इनर्जीको मूल्य ७ प्रतिशतले घटेका छन् । त्यस्तै बरुण हाइड्रोको ६.९, श्रीइन्भेष्टमेन्ट फाइनान्सको मूल्य ६.५ प्रतिशतले घटेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस