समाचार

लगातार वर्षाका कारण पहिरो खसेपछि गुल्मीका दुई मुख्य सडक अवरुद्ध

gulmi pahiro

१ असार, गुल्मी । लगातार वर्षाका कारण  ठाउँठाउँमा पहिरो खसेपछि गुल्मीको मुख्य दुई ठुला सडक अवरुद्ध बनेका छन् । रिडी-तम्घास सडक र रिडी-रुद्रवेणी सडकखण्ड अवरुद्ध बनेका हुन् ।

तम्घास–रिडी सडकखण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका–१३ ,भगाँरी खोलामा गएराति पहिरो खसेपछि सडक बन्द भएको हो । पहिरो खसेकोखसै गरेकोले उक्त सडक पहिरो नरोकिए सम्म बन्द गराउन लागिएको त्यस वडाका वडाध्यक्ष खुम खत्रीले जानकारी दिए ।

त्यसैगरी गुल्मीकै रिडी–रुद्रवेणी सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका–२ साँघुरेमा पनि बिहान सडकमाथिबाट ठुला ठुला ढुङ्गा सहितको पहिरो खसेपछि त्यो सडक पनि ठप्प भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस