
१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १३ हजार २९० वटा नमुनाको परीक्षण गर्दा २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपामा सक्रिय संक्रमितको संख्या ६३ हजार २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस