समाचार

एमालेमा सहमतिको बिन्दु पहिल्याउने प्रयास

nekapa yamale

२ असार, काठमाडौं । नेपाल  कम्युनिस्ट पार्टी (एमाले)भित्र देखापरेको विवाद केही मत्थर जस्तो देखिए पनि सहमतिको खाका तय हुन सके को छैन ।  केही दिनयता दुवै पक्षका नेताहरू थप सक्रियता साथ औपचारिक  तथा अनौपचारि कछलफलमा जुट्दै सहमतिकोबिन्दु पहिल्याउने प्रयास भइरहेको छ ।

नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीभित्रको विवाद समाधानका लागि  औपचारिक तथा अनौपचारि करूपमा निरन्तर छलफल  भइरहेको तरसहमतिको  खास बिन्दुको टुङ्गो लागिनसकेको बताए  । उनले पार्टीभित्रको समस्या समाधानका  लागि दोस्रो पुस्ताका  नेताहरूले निरन्तर लिएको पहल सकारात्मक  रहेको र केही  दिनमा सहमतिसाथ  थायी  कमिटी  बैठक  बस्नसक्ने बताए ।

केही  सञ्चार माध्यममा असार २  गते दुवै पक्षको सहभागितामा  स्थायी  कमिटीको बैठक बस्ने भनिए पनि त्यस्तो सम्भावना अहिले नरहेको     प्रवक्ता  ज्ञवालीले  बताए ।

प्रदेश १,  बागमती,  कर्णालीलगायत  प्रदेश सरकारमा निर्माण भएको सहमतिको वातावरणले पनि एमाले एकताका  लागि  वातावरण तयार पारेको धारणा  उनको  छ । यो समाचार गोरखपात्र दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस