
२ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाललाई उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ ।
ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि अहिले साढे १२ बजे जहाजबाट दिल्ली लैजाने तयारी गरिएको उनको सचिवालयले जानकारी दिएको छ ।
खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन् । दिल्ली लगेर त्यहाँको एपोलो अस्पतालमा उनलाई उपचार गर्ने तयारी छ । खनाललाई ९ दिन ज्वरो आएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस