समाचार

सिन्धुपाल्चोक बाढी प्रभावित क्षेत्रमा पुगे स्वास्थ्यमन्त्री तामाङ

sher bahadur tamang

२ असार, काठमाडौं । मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण प्रभावित बनेको क्षेत्रमा आज स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङ पुगेका छन् । प्रहरीका अनुसार हेलिकोप्टरमा उनी प्रभावित क्षेत्र पुगेका हुन् ।

बाढीका कारण त्यहाँ अर्बौँको धनजनको क्षति भएको अनुमान गरिएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी वसन्त लामाले विभिन्न स्थानमा पुलहरु भत्कँदा सबै सूचना संकलनमा कठिनाइ भइरहेको बताए ।

केही क्षेत्रको सूचना अझै प्राप्त गर्न सकिएको छैन । उनका अनुसार मेलम्ची र इन्द्रावती जोड्ने पुल बगेका कारण प्रहरी टोलीले आवतजावत गर्न सकेको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस