मुख्य समाचार

बाढीले डुबायो रेडियो मेलम्चीको भवन

radio melamchi

२ असार, काठमाडौं । केही दिनदेखि आएको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवन बाढीले डुबाएको छ । मङ्गलबार अपराह्नदेखि बढेको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारमा रहेको रेडियोको तीनतले भवनको दुई तलासम्म डुबाएको छ ।

रेडियोको सम्पूर्ण सामग्री क्षतिग्रस्त भएको र करिब ५० लाख हाराहारी  क्षति भएको स्टेशन म्यानेजर देवराज सुवेदीले बताएका छन्  । रेडियोको सम्पूर्ण डकुमेन्ट, उपकरण, ल्यापटप लगायतका सामग्री बाढीले बगाएको छ ।

दोस्रो तलासम्म लेदोले पुरिएको र तेस्रो तलाको अलिकति भाग देखिएको छ । बाढीले मेलम्ची बजार डुबानमा परेपछि स्थानीयहरु बजारमाथि रहेको इन्द्रेश्वरी माविमा आश्रय लिएर बसिरहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *