समाचार

राप्तीको बाढीमा फसेका चारजनाको सकुशल उद्धार

rapti badhi

२ असार, बुटवल । अबिरल वर्षका कारण राप्ती नदीमा आएको बाढीले बेला घाटमा फसेका चारजनाको सकुशल उद्धार भएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेला घाटमा फसेकाहरुको उद्धार गरेको हो ।

दाङको लमही नगरपालिका–७ हस्नापुरका ४८ वर्षे मन्साराम चौधरी, राजपुर गाउँपालिका–२ निवासी ४५ वर्षकी सावित्रा, सोही ठाउँका २६ वर्षे राधे यादव र राजपुर गाउँपालिका–३ प्रतापपुरका २६ वर्षे गणेश यादवको झण्डै १२ घण्टापछि उद्धार गरिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिएका छन् ।

‘भैँसी चराउन गएको बेला राप्तीमा भेल बढ्यो । त्यसपछि उनीहरु फर्कन सकेनन् । लगत्तै उद्धारको प्रयास सुरु भयो’, प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘राति १ बजेसम्मको प्रयास सफल हुन सकेन । त्यसपछि बिहान उद्धार थालियो । तीन परिवारका १७ भैँसी टापुमा छाडिएको छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस