समाचार

बाढी र पहिरोमा परेकाहरुको उद्धार गर्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

prachanda

२ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी तथा पहिलो पीडितहरुको उद्धार तथा राहत कार्यमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । महाविपद्मा एक हुनुपर्ने भन्दै अध्यक्ष प्रचण्डले बाढी तथा पहिरो पीडितहरुको उद्धार तथा राहत कार्यमा जुट्न निर्देशन दिएका हुन् ।

“हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालीन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्दार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गर्दछु,” अध्यक्ष दाहालले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “यस महाविपतमा राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरु निर्देशन गर्दछु ।”

बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताहरुको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सम्बन्धित सबैमा उनले आग्रह गरेका छन् । बाढी–पहिरोले सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न भागमा धनजनको ठूलो क्षति भएको भन्दै उनले कोशी, नारायणी, सेती, कमला, तिनाऊ, कर्णाली, महाकालीलगायत नदीहरुमा पानीको बहाव उच्च भई बस्तीहरु डुब्ने खतरा पैदा भएको उनले बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस