मुख्य समाचार

बोर्डको विज्ञप्तिपछि नेप्सेमा भारी अंकको गिरावट, १५ अर्ब बराबरीको कारोबार

share market

२ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डको एक विज्ञप्तिले बुधबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ५२.३९ अंकले घटेको हो । सो अंकको कमीपछि परिसूचक २९६९ अंकमा झरेको छ ।

यस दिन कारोबार रकममा पनि कमी आएको छ । दिनभर कुल १५ अर्ब ४८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । हिजो १६ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको थियो । माइक्रोफाइनान्सबाहेकका सबै समूह घटेका छन् । सो समूह मात्रै यस दिन १३९ अंकले बढेको छ ।

यस दिन बैंकिङ ९, ब्यापार १०३, होटल तथा पर्यटन २०२, विकास बैंक १९४, जलविद्युत १४९, फाइनान्स १७२, निर्जीवन बीमा ४०३, उत्पादन २०४, जीवन बीमा ४०५ र अन्य ७० अंकले घटेका छन् ।

यस दिन सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्यमा उच्च बृद्धि भएको छ । यस कम्पनीको सेयरमूल्य करिब १० प्रतिशतले बढेको हो । यस्तै सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको सेयर कारोबार ६० करोड ८९ लाख १९ हजार ४ सय २६ बराबरको कारोबार भएको हो । आज धेरैजसो कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस