समाचार

कास्कीमा बाढीले तीन सय बढी भेंडा रहेको भेडीगोठ बगायो

Magdi bhedigoth sheep

२ असार, पोखरा । कास्कीको मादी गाउँपालिका–१, हुगुमा रहेको एउटा भेडीगोठ बाढीले बगाएको छ ।

उक्त भेडीगोठमा ३०० भेडाबाख्राहरु थिए । मद्नी खोलामा आएको बाढीले भेडीगोठ बगाएको हो । भेडीगोठ कुरुवा तीनजना व्यक्ति भने सम्पर्कमा आएका गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए ।

उच्च लेकमा रहेका कारण प्रहरी अहिलेसम्म त्यहाँ पुग्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले खराब मौसमका कारण घटनास्थल पुग्न नसकिएको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस