विश्व/प्रवास

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

earthquake

२ असार, काठमाडौं । इन्डोनेसियामा बुधबार ६.१ म्याग्निच्युडको भूकम्प शक्तिशाली भूकम्प गएको छ ।

देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।  भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरूले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ ।

स्थानीय समय अनुसार बुधबार बिहान ११.४३ मा भूकम्प गएको थियो । भूकम्पले पारेको असरका बारेमा विवरण संकलन गर्ने कार्य भइरहेको अधिकारीहरूले जनाएका छन् । इन्डोनेसियामा बर्सेनी दर्जनौँपटक भूकम्प आउने र ठूलो धनजनको क्षति हुने गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस