समाचार

ईश्वर पोखरेलले दिए स्वीस सरकारलाई धन्यवाद

ishwor pokhrel

२ असार, काठमाडौं । नेकपा (एमाले)का महासचिव एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्विट्जरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्यापिलरबीच आज भेटवार्ता भएको छ ।

एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद दिए ।

आफू उपप्रधानमन्त्री रहेको बेला महासचिव पोखरेलको पहलमा स्वीट्जरल्याण्ड सरकारले नेपाललाई रु ९४ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो । सो अवसरमा राजदूत क्यापिलरले असल मित्रराष्ट्र नेपाललाई सहयोग गर्न स्वीस सरकार सँधै तयार रहेको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस