अर्थनीति

सरकारले तोक्यो कर तिर्ने मिति, असार २५ गतेसम्मको समय

antarik rajaswa bibhag

२ असार, काठमाडौं । आन्तरिक राजस्व विभागले असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको छ । विभागले सूचना प्रकाशित गर्दै कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको जनाएको छ ।

२०७८ वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र सो विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म रहेको जनाएको छ । यस्तै वैशाख महिनाको बुझाउनुपर्ने आयकरको अग्रिम करकट्टी भएको र कम र सोको विवरण बुझाउने म्याद पनि असार २५ गतेसम्म भएको जनाइएको छ ।

यसैगरी अन्तः शुल्क दाखिला गर्ने समय, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर दाखिला गर्ने सयम पनि असार २५ गतेसम्म रहेको विभागले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस