
२ असार, सिन्धुली । सुनकोशी नदीअन्तर्गत सिन्धुली जिल्लामा तीन शव भेटिएका छन् । बुधबार साँझ पानीको सतहमा तैरँदै गरेको अवस्थामा शव भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका –५ मूलकोट, सुनकोसी–६ कानढुङ्ग्री र फिक्कल गाउँपालिका–६ रत्नावतीमा बेवारिसे शव फेला परेका हुन् ।
कानढुङ्ग्री र मूलकोटमा पुरुषको शव भेटिएको र रत्नावतीमा भेटिएको शवको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए । सुनकोशीमा देखिएको शव निकाली परीक्षणका लागि सिन्धुलीमाढीतर्फ ल्याइँदै गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस