३ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउनदेखि लगाउन सुरू गर्ने गरी कोरोनाभाइरसविरुद्धको ४० लाख डोज खोप ल्याउन लागिएको बताएका छन् ।
बुधबार बसेको कोभिड-१९ व्यवस्थापन निर्देशक समितिको बैठकमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य तत्व खोप नै भएको उल्लेख गर्नै त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको बताए ।
‘आगामी साउनदेखि लगाउन थालिने छ । अन्य देशसँग पहल प्रयत्न भइरहेकोले खोपको अभाव क्रमशः हल हुँदै जानेछ,’ बैठकमा प्रधानमन्त्री ओलीले भने ।
प्रतिक्रिया दिनुहोस