मुख्य समाचार

आज यी नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन अनुरोध (सूचीसहित)

seti flood

३ असार, काठमाडौं । आज कोसी, नारायणी, कर्णाली र महाकाली जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई पानीको बहाव बढ्नेछ । केही स–साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सके अनुमान गरिएको छ ।

आज बिहानको मापनानुसार बदिगाउ रूद्राबेनी र सुनकोसी दोलालघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज पश्चिम राप्ती, तिनाउ, बबईका स–साना नदी जलाधारमा बहाव बढ्दो हुने र केहीमा सतर्कता तह पुन सक्ने अनुमान गरिएको छ ।

आज दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौं, चितवन, मकवानपुर, गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, प्युठान, दाङ, बाँके, बर्दिया, रुकुम, सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, दैलेख, कालीकोट, हुम्ला, कञ्चनपुर, कैलाली, डलेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र भासपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ । केहीमा आकस्मिक बहाव भई सतर्कता आसपास पुग्न सके पुर्वानुमान छ ।

साना नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

flood notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस