सेयर मार्केट

जीवन विकास लघुवित्तले असार ११ गतेदेखि आइपीओ निष्कासन गर्ने

ipo

३ असार, काठमाडौं । जीवन विकास लघुवित्तले असार ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन धितोपत्र बोर्डबाट अनुमति पाएपछि १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।

यसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ३० हजार  ४ सय २० कित्ता कर्मचारी र कुल निष्कासनको ५ प्रतिशत अर्थात ९८ हजार ८ सय ६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ ।

बाँकी १८ लाख ४८ हजार १५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिनेछ । यस आइपिओमा असार १५ गतेसम्म आवेदन दिन सकिन्छ ।

यस आईपीओलाई इक्रा नेपालले आइआर ‘बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस