
३ असार, भक्तपुर । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गएराति करिब ११ बजेको समयमा काठमाडौंबाट भक्तपुर जाँदै गरेको बा७७प ५६०५ नम्बरको मोटरसाइकल मध्यपुर ठिमी नगरपालिका-४ चारदोबाटोमा दुर्घटना हुँदा मोटरसाइकल चालक सोलुखुम्बु चौलाखर्कका २७ वर्षीय रमेशकुमार बस्नेतको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा बिहीबार बिहान साढे २ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकका उदयपुर ताप्लेका २२ वर्षीय लोकेन्द्र मग्राती र सिन्धुलीको तीनपाटनका २५ वर्षीय अमित जैरु घाइते भएका छन् । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस