मुख्य समाचार

निषेधाज्ञा खुकुलो बनाएसँगै सडकमा बढ्न थाल्यो सवारीको चाप

lockdown ktm

३ असार, काठमाडौं । असार १ गतेबाट निषेधाज्ञा केही मात्रामा खुकुलो बनाएसँगै उपत्यकाका सडकमा सवारीसाधन बाक्लिएका छन् । उपत्यकाका तीनवटै प्रशासनको पछिल्लो निर्णय अनुसार दैनिक उपभोग्य वस्तुको ढुवानी, होम डेलिभरीलगायतको समय सीमा बढाएपछि सर्वसाधारण र सवारी साधनको चहलपहल बढेको हाे ।

विशेष गरेर कार्यालय समयमा राजधानीका मुख्य चोकहरुमा सवारीको लामो लाइन नै देख्न सकिन्छ । नयाँ बानेश्वर, कोटेश्वर, कलंकी, भद्रकाली, थापाथली लगायत क्षेत्रमा प्रहरीको जाँचले केही बेर ट्राफिक जाम नै हुने गरेको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रजिअहरुको बैठकले असार १ बाट निषेधाज्ञालाई खुकुलो बनाउँदै खाद्यान्न पसल खोल्ने समय बढाउनुका साथै, अनलाइन डेलिभरी, टेक अवे सेवालगायत सञ्चालन गर्ने अनुमति दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस