विश्व/प्रवास

टोकियोमा सोमबारदेखि आपतकाल हटाउने निर्णय

japan

३ असार, टोकियो । जापान सरकारले राजधानी टोकियो सहित नौ वटा प्रिफेक्चरमा आगामी सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने निर्णय गरेको छ ।  जापानको कोरोनाभाइरस सल्लाहकार समूहले आपतकाल हटाउन सिफारिस गरेसँगै सरकारले उक्त निर्णय लिएको हो ।

गत अप्रिल २५ देखि राजधानी टोकियो, ओसाका, क्योटो र ह्योगोमा आपतकाल लगाइएको थियो । यसअघि गत मे ११ मै आपतकाल हटाउने पूर्व निर्णय गरिए पनि दुई पटक आपतकाल बढाइएको थियो । नयाँ आपतकाल आइची, फुकुओका, होक्काइडो, ओकायामा, हिरोशिमा र ओकिनावा प्रिफेक्चरमा पनि विस्तार गरिएको थियो ।

सरकारको निर्णय बमोजिम आगामी जुन २० देखि ओकिनावा बाहेक अन्यत्रको आपतकाल अन्त्य हुनेछ । ओकिनामा भने कोभिड–१९ बाट संक्रमितको संख्या बढेको पाइएपछि आगामी जुलाई ११ सम्म आपतकाल कायम रहने छ ।

तर कोभिड–१९ विरुद्धका प्रतिबन्धात्मक व्यवस्थाहरु सम्पूर्ण रुपमा अन्त्य भने हुने छैनन् । देशभित्र कोभिड–१९ बाट संक्रमितको संख्या लगातार न्यून भएको र खोप अभियान तिब्र बनाइएको छ । त्यहीकारण सरकारले आगामी जुलाई ११ सम्म टोकियो र अरु आठ वटा प्रिफेक्चरसम्म सामान्य आपतकालको अवस्था रहने जनाएको छ । टोकियो गृष्मकालीन ओलम्पिक खेल शुरु हुन एक महिना मात्र बाँकी छ, र यस्तो अवस्थामा भाइरस पुनः फैलिन सक्ने अनुमान गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *