सेयर मार्केट

दिनभर उतारचढाव रहेको बजारमा १० अर्ब ९० करोडको कारोबार

stock market

३ असार, काठमाडौं । गत बुधबार एकैदिन ५२.४१ अंकले घटेर २९६९.६९ बिन्दुमा ओर्लिएको नेप्सेमा सुधार आउन सकेन । नेपाल स्टक एक्सचेन्ज –नेप्से) का अनुसार आज बिहीबार थप नेप्से परिसूचक १.२९ अंकले घटेर २९६८.४३ विन्दुमा झरेको हो ।

साताको अन्तिम कारोबार दिन समेत रहेको आज २२३ कम्पनीका २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता सेयर १ लाख २४ हजार ५६१ पटक किनबेच हुँदा कुल १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँको कारोबार भएको छ ।

यस दिन होटल तथा पर्यटन, विकास बैंक, फाइनान्स,जीवन बीमा, निर्जीवन बीमा बाहेकका सबैजसो समूहहरु ऋणात्मक भएका छन् ।  गत मंगलबार धितोपत्र बोर्डले अनैतिक गतिविधि गर्दै सेयर बजारमा चलखेल गरेको भन्दै ५१ कम्पनीको नामावली सार्वजनिक गरेसँगै सेयर बजारमा क्रमिक रुपमा गिरावट आएको लगानीकर्ताहरुको आरोप छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस